बागलुङ नगरपालिका – १२ अमलाचौरमा तीज विषेश कार्यक्रम सम्पन्न !

निर्मल पौडेल बागलुङ २०७५ भदौ २५ । बागलुङ नगरपालिका १२ अमलाचौरमा तीज विषेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । महिला सञ्जाल वा. न.पा. १२ को आयोजनामा विविध सांस्कृतिक कार्यक्रम संगै दर खाएर रमाइलोका साथ कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रदेश सभा सांसद सावित्रा रानाले भदौ १ गते लागु भएको नया मुलुकी ऐन कार्यन्वयनका लागि गृहकार्य थालेको वताइन् ।

त्यस्तै रानाले महिलाहरुको महान पर्वको हरितालिका तीजको उपलक्ष्यमा सम्पुर्ण देश विदेशमा रहेका नेपालीहरुलाई शुभकामना प्रदान गर्दै चाडपर्वहरुले एक आपसमा आत्मियता र सद्भाव कायम गर्न आग्रह गरिन् ।

कार्यक्रममा रुद्र पुलामी, नेकपाका नेता कुमार विक्रम लगायतले वोलेका थिए । महिला सञ्जालकी अध्यक्ष ख्याम कुमारी रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १३ तीज गीत प्रतियोगी हरुको सहभागिता रहेको थियो। कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक कृष्ण अखेलीको विषेश सांगीतिक प्रस्तुति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *