वडाध्यक्ष खत्रीद्वारा तलबबाट बिकृती न्युनिकरण कोषको स्थापना गर्ने घोषणा

पूर्ण भद्र निउरे, ताराखोला २०७५ भदौ २५ । ताराखोला गाउँ पालिकाका एक वडा अध्यक्षले समाजमा रहेका विभिन्न बिकृती तथा बिसंगति न्युनिकरणका लागि आफ्नो तलबबाट केही रकम छुट्टाएर कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

ताराखोला गाउपालिका वडा न ४ का अध्यक्ष जित बहादुर खत्रीले आफ्नो मासिक तलबबाट २ हजार रुपैयाँ कोष स्थापनाका लागि छुट्टाएर बार्षिक २५ हजारको कोष स्थापना गर्ने उदघोष गरेका हुन ।

नवसृजना युवा क्लब द्वारा शनिवार आयोजित चेतना मुलक तीजगीत प्रतियोगिताको उद्घाटन पछि बोल्दै उनले सो कुरा बताएका हुन् ।

यसरी स्थापना गरिने कोषबाट समाजमा बढ्दै गैरहेका बिकृती बिसङगती अन्त्य गर्नका लागि वडा न ४ मा कृयाशिल रहने तथा जनचेतना जगाउन तल्लीन हुने संघ सस्था, आमा समूह ,क्लबहरु लाई उनीहरुको भुमिका हेरि प्रत्येक बर्ष पुरस्कृत गरिने वडा अध्यक्ष खत्रीले बताए । वडा अध्यक्ष खत्रीका अनुसार प्रत्येक आर्थिक बर्षको अन्तिममा अर्थात असार मसान्त भित्रमा बर्ष भरीमा आमा समूह क्लब तथा अन्य सस्थाहरुले बिकृती बिसङ्गती न्यूनीकरण मा देखाएको कृयाशिलताका आधारमा पुरस्कृत गरिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *