बुर्तिबाङ फुटबल क्बलको आयोजनामा भएको फुटबल प्रतियोगितामा गल्कोट प्रथम !

झरना कँडेल, बुर्तिवाङ २०७५ भदौ २४ । बुर्तिबाङ फुटबल क्बल ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङले आयोजना गरेको विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजको अबसरमा बुर्तिबाङ फुटबल क्बलले विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरेको थियो । कार्यक्रम बुर्तिबाङ राइजिङ युवा क्लवका अध्यक्ष तथा आजको कार्यक्रमका प्रमुख अतिथी सोम वाहादुर पौवी यामुले ब्यानर अनाबरण गरी ब्यानर बाचन गरेर उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी पौबीले यस क्षेत्रमा फुटबल प्रतियोगिताले निरन्तरता नपाईरहेको अवस्थामा यस क्लबले यो प्रतियोगीताको आयोजना गरेकोमा धन्यबाद ज्ञापन गरे । उनले हरेक खेल जस्तै फुट्बल खेलको पनि मानब जीवनमा महत्व रहने भएकाले यस खेललाई अगाडी बढाउन आफुले सक्दो सहयोग गर्ने बताए ।
पौवीले कोजाग्रत पुर्णीमा मेलामा सेभेन ए साईड फुटबल प्रतियोगिता पनि समाबेश गर्ने घोषणा गरे ।

कार्यक्रममा बुर्तिबाङ राइजिङ युवा क्लवका उपाध्यक्ष सुरज बिक, बुर्तिबाङ राइजिङ युवा क्लवका पुर्व अध्यक्ष बिनोद भण्डारी लगायत कार्यक्रमका बिशेष सहयोगी ,समाज सेबी, पत्रकार, खेल प्रेमी लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबारबाट जारी रहेको कार्यक्रममा फुटबल तर्फ १२ टिमको सहभागिता रहेकोमा आयोजक सहित गल्कोट हटिया फुटबल क्लब फाईनलमा प्रवेश गरेका थिए । आज भएको फाईनल खेलमा आयोजकलाई पछि पार्दै गल्कोट हतिया फुटबल क्लबले प्रथम स्थान हासिल गरी नगद रु ५ हजार सहित ३० के जी को खसी कप मेडल र प्रमाण पत्र हात पारेको छ , भने द्धितिय हुने आयोजक टिमले २५ केजीको बोका ,रु २५ सय ,मेडल र प्रमाण पत्र हात पार्न सफल भएको छ ।

उता आजै भएको पुरुष छेलो प्रतियोगितामा १२ जनाको सहभागीता रहेकोमा ढोरपाटन नगरपालीका वडा नं १ का किसान बिक प्रथम तथा वडा नं ७ का सुन्दर बिक व्दितीय भएका छन्।

क्लबका अध्यक्ष छबिलाल बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सन्चारकर्मी झरना कंडेलले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *