नाठो संग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती, नाठो र सासु तीनै जना पक्राउ !

प्रेम सुनार, अर्घाखाँची २०७५ भदौ २४ । , केहि दिन अघि प्रेमी संग मिलेर श्रीमानको हत्या गर्ने एक महिला सहित हत्यामा संग्लग्न तिन जनालाई आज अर्घाखाँची प्रहरीले सार्वाजानिक गरेको छ । भदौ १८ गते सन्धिखर्क नगरपालिका–१२ बस्याल टोलामा प्रेमीसंग मिलेर वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको हत्या उनकी आफ्नै श्रीमतीले गरेकी थिईन । उनकी श्रीमती राधा बस्याल, उनका प्रेमी रुकुम बाफीकोटका रमेश विक र राधाकी आमा डिभर्नाकी बसुन्धरा बस्यालले खुट्टा बाँधेर घाँटी थिचेर हत्या गरी बोरामा हालेर जंगलमा फालेका थिए । उनिहरुलाई प्रहरीले सार्बजनिक गरेको हो ।

घटनाका अभियुक्त रमेश विक र राधा घर्ती बिच विगत ८ बर्ष देखिको माया प्रेम रहेको र विवाह गरि घरजाम गराउने उद्देश्यका साथ नियोजित ढंगबाट धनबहादुरको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए ।

धनबहादुरको हत्या गरेपछि राधाकी आमाले जंगलको ठाउँ बताए पछि बोरामा बाधेर जंगलमा फालेको राधा, रमेश र राधाकी आमाले स्वीकार गरेका छन ।

अभियुक्त रमेशलाइ सल्यानको शित्तलपाटीबाट पक्राउ गरेपछि आज प्रहरीले पत्रकार सम्मेलन गरि अभियुक्तलाइ पक्राउ गरेको थियो । उनीहरुलाइ कर्तब्य ज्यान मुद्धा अनुसार कारबाहीको प्रकृया सुरु गरिएको प्रहरी उपरिक्षक खिम बहादुर घर्तिमगरले जानकारी दिए । अभियुक्त बिकले बिदेशबाट घर नगई प्रेमीको घरमा सुटकेश समेत लगेर पुगेका थिए । राधाका श्रीमान बागलुङ भएकोले तिन दिन सम्म त्यसै घरमा बसेर चौथो दिन राधाको माईती घरमा बस्न गएका थिए । दशैमा आउँछु भनेर हिडेका उनका श्रीमान बागलुङबाट आई श्रीमती माईतीमा अर्कै मान्छे लगेर पुगेकी छ भन्ने सुराक पाए पछि उनि पनि उनको माईतीमा पुगेका थिए । त्यस क्रममा विवाद चर्कीदै गए पछि उनको तिन जना मिलेर हत्या भएको थियो । प्रहरी प्रमुख मल्ल भन्छन , उनिहरु विच १८ वर्षको उमेरमा विवाह भएको रहेछ । एण्टा १४ बर्ष र अर्का ९ बर्षका छोरा रहेछन । उनिहरुको बिचल्ली भएको छ । विदेशमा रहेका प्रेमी बिक संग फेसवुकबाट प्रेम सम्वन्ध चले देखि उनै संग लिन हुँदै आए पछि अहिले यस्तो घटना घटन् पुग्यो । कति भए मान्छेको बैसले बुद्धि भुटिए पछि अहिले ती महिला न श्रीमान , न प्रेमी न माईती हुँदै जेलको चिसो खाने भएकी छन । उता कमाउन गएका बिक घरमा श्रीमती छोरा छोरीको आँखामा आँशु पारेर जेल जाने भएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *