माया गर सधै तिमी, तर्किने छैन कसम

यस्तो गर्मीमा बारबार ताली नभन
अर्काकी छोरीलाई त्यसै काली नभन
म त चिन्दिन केको साइनो जोडीरहेछौ
दिदी नै छैनन् मेरो बिन्ती साली नभन
***
म त चिन्दिन उसले सधै हाइ भन्छ
आफ्नो बाटो हिडिरहदा पनि बाइ भन्छ।
अचम्म लाग्छ यहा कुरा सुन्दा मलाई
अझ चिन्दिनौ र माया साच्नेलाइ भन्छ ।
***
राम्रो संग बोल्ने गर जर्किने छैन कसम
माया गर सधै तिमी तर्किने छैन कसम
दुनिया अनि मान्छे पनि स्वार्थी छ प्रिय
दु:ख पर्दा साथ दिन्छु झर्किने छैन कसम
***
सविता खत्री
ताराखोला ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *