बुर्तिबाङ राईजिङ युवा क्लबको अध्यक्षमा सोम पौवी सर्वसम्मत चयन !

छविलाल पाण्डे बुर्तिबाङ २०७५ भदौ २४ । बुर्तिबाङ राईजिङ युवा क्लबको नवौँ अधिवेशन तथा बार्षिक साधारणसभा शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ । अधिबेशनबाट समाजसेवी युवा सोम पौवी यामु अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । अध्यक्ष पदमा दिपक कुमार अदै र सोम पौवी विच दावेदार रहेपनी अदैले पछिल्लो समयमा आएर आफु नउठ्ने मनस्थिती बनाएपछी पौवी निर्विरोध भएका हुन् ।

क्लबको नयाँ कार्यसमितिमामहिला तथा पुरुष उपाध्यक्षमा क्रमश मनकुमारी गैरे तथा सुरज बिसी, महासचिवमा गोपाल महत, सचिवमा सन्तोष भण्डारी, कोषाध्यक्षमा टोप बहादुर केसी प्रेम निर्विरोध चयन भएका हुन् । त्यस्तै समितीको सदस्यहरुमा क्रमश छविलाल गिरी, दिपक कुवँर, मोतिलाल विक, विकास भण्डारी, मदन गौचन, देबकुमार सुनार, चुडामणि भुसाल चयन भएका छन् ।

निर्वाचित पदाधिकारीले आफनो कार्यकालमा क्लबलाई थप उचाईमा पुर्याउँदै समाज रुपान्तरण अभियानमा जुट्ने प्रतिबद्धता जनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *