तीजी गीत महिला हिंसा विरुद्ध हुनु पर्छ : विना थापा

कमल पौडेल, खर्वाङ, २०७५ भदौ २४ । महिला जागरण केन्द्र इकाइ समिति बडीगाड गाउँपालिका वडा नं. २ सिमलचौरको आयोजनामा तीजी गीत तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ ।

सरस्वती प्राविको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा महिला जागरण केन्द्र बडीगाड १ र २ का अध्यक्ष विना थापाले तीजी गीतहरु महिला हिंसा विरुद्ध हुनु पर्ने तथा समाजमा भैरहेको भड्किलो पनलाई अन्त्य गर्नुपर्ने वताईन् । बडीगाड महिला तथा वालवालिका सशक्तिकरण केन्द्रकी अध्यक्ष समेत रहेकी थापाले समाजमा संस्कारका नाममा भैरहेका भड्किला चलनलाई महिला दिदीबहिनीले नै अन्त्य गर्नुपर्ने वताईन् ।

कार्यक्रममा तीजी गीत कार्यक्रम सहित दर समेत खुवाइएको थियो। कार्यक्रम इकाइ समितिका अध्यक्ष इन्द्रकला पाण्डेको अध्यक्षता, सदस्य गीता पोखरेलको स्वागत मन्तव्य तथा रेनुका घिमिरेको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *