नबसृजना युवा क्लब (NYC)ताराको तीजगीत तथा दर खाने कार्यक्रम सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७५ भदौ २३ । ताराखोला नबसृजना युवा क्लब तारा र सृजनशिल महिला समूहको संयुक्त आयोजनामा चेतनामूलक तीजगीत प्रतियोगिता तथा दर खाने कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

महिला हिंसा अन्त्यका लागि शिक्षित समाजको आबश्यकता बिषयक तीज गीत प्रतियोगितामा आयोजक समूहको टिम प्रथम, सुरक्षित मातृत्व महिला समूह ताराखोला गा पा ५ तारा व्दितिय जनजागरण महिला ताराखोला गा पा ४ तारा तृतीय हुँदै क्रमश नगद ५ हजार, ३ हजार र १ हजार ५ सय प्राप्त गरेका छन ।

कार्यक्रममा बोल्दै ताराखोला गाउँ पालिका वडा न ४ का अध्यक्ष जित बहादुर खत्रीले कार्यक्रमका अबसरमा सहभागी दिदी बहिनीहरुले व्यक्त गरेका गीतका भावहरु साच्चिकै अनुसरणीय रहेका बताए । उनले अशिक्षा कै कारण अझै पनि महिला हिँशाका घटना घटिरहेका भन्दै तीजको अबसरमा सान्दर्भिक बिषयबस्तु छनोट गरि प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद समेत ज्ञापन गरे ।

कार्यक्रमको अबसरमा ने क पा का जिल्ला सचिवालय सदस्य धन बहादुर खत्री , ताराखोला गाउँपालिकाका वास संयोजक भिमा रोका पुन वडा न ४ का वडा सदस्य सपनादेबी बुढाथोकी लगायत ले मन्तव्य व्यक्त गरेका िथए ।

कार्यक्रमको अबसरमा उपस्थित सम्पूर्ण अतिथि सहभागी तथा दर्शक हरुलाइ महिला संजाल वडा न ४ को संयोजनमा दर खुवाइएको थियो । कार्यक्रम नबसृजना युवा क्लबका अध्यक्ष पूर्ण भद्र निउरेको अध्यक्षता सदस्य मन बहादुर घर्तीको संचालन र सृजनशिल महिला समूहकी सचिब तुलमाया घर्तीको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *