प्रगतिशील युवा क्लब काँक्राखोरको शोक सभा सम्पन्न : स्व. हेमन्त घिमेरेको योगदानको प्रशंसा !

सविता खत्री, ताराखोला हिल, २०७५ भदौ २३ । ताराखोला गाउँपालिका ३ हिल काँक्राखोरमा प्रगतिशील युवा क्लब काँक्राखोरले छोटो समय भित्रै आफ्नो क्लबका सदस्य सँगै जनप्रतिनिधी, सामाजिक व्यक्तित्वहरु गुमाउनु परेको दुखद क्षणमा मृतकहरुको सम्झनामा शनिवार शोक सभाको आयोजना गयो ।

शोकसभाकी प्रमुख अतिथी गण्डकी प्रदेश सांसद दिलमायाँ रोका मगरले सम्पूर्ण मृतकहरुको आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

सो अवसरमा प्रदेश सांसद रोकामगरले केहि समय पहिले काँक्राखोरमा भएको जीप दुर्घटनापरी अल्पायुमै ज्यान गुमाएका वडा नं ३ का वडा सदस्य हेमन्त घिमेरे लगायत काँक्राखोरका थुप्रै व्यक्तिहरु गुमाउनु पर्दा पीडावोध भएको चर्चागदै विकासशील जनप्रतिनिधी घिमिरेको सपना साकार पार्न आफुले सक्दो सहयोग गर्ने बताईन् ।

उनले यस क्षत्रमा विकास गर्नु पर्ने धेरै कुराहरु भएको चर्चा गर्दै खासगरी यहाँँको टड्कारो समस्य खानेपानी भएको यसको समाधानको लागि आफु प्रतिवद्ध रहेका बताईन ।

सो अवसरमा बोल्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले हेमन्त घिमिरे जस्ता युवा उर्जाशील जनप्रतिनिधीको अल्पायुमै भएको निधनले गाउपालिकालाई अपूरणीय क्षेती पुगेको बताए । उनले जनप्रतिनिधी बनेको छोटो समयमै गाउपालिकाको विकासमा उनले निर्वाह गरेको भूमिकाको सह्राहना गर्दै उनले आँटेका कार्यहरु पूरागर्न कटिवद्ध रहेको बताए । उनले ताराखोलालाई नमुना गाउँपालिका बनाउन सबैलाई सहयोग गर्न आग्रह समेत गरे ।

यसैगरी ताराखोला ३ का अध्यक्ष डिल बहादुर बस्नेत एक जना युवा उत्साही विकासप्रेमी साथी घिमेरेलाई गुमाउने पर्दा मर्माहत तुल्याएको बताउदै कुनैपनि काम गर्दा सल्लाह लिएर मात्र गर्ने उनको राम्रो बानी भएको चर्चा गरेका थिए ।

शोकसभामा राजनितिक सल्लाहाकार नरेश केसी, राजमोका जिल्ला सदस्य तिर्थसिँह थापा, हरि मावि हिलका शिक्षक शिवप्रसाद निउरे, प्रगतिशील युवा क्लबका राजु गिरी, काँक्राखोर आधारभूत विद्यालयका प्रअ धर्मदत्त उपाध्याय लगायतले बोलेका थिए ।

शोक कार्यक्रमको अध्यक्षता प्रगतिशील युवा क्लबका अध्यक्ष कर्ण बहादुर भण्डारीले गरेका थिए भने सन्चालन सविता खत्री जिज्ञासु र मन्दिप निउरेले गरेका थिए । ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *