जैमिनी – ७ का वडा सदस्य रसाईलीबाट संस्कृत माबिलाई रु ८४ हजारको शैक्षिक सामाग्री प्रदान !

प्रदिप पन्त बागलुङ २०७५ भदौ २३ । जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकम रु ८४ हजार ५४ रुपैय“ा बरावरको शैक्षिक सामाग्री एक समारोहका बीच जैदी बेलबगर स्थित संस्कृत माविलाई प्रदान गरेका छन् । “सम्पुर्ण जीवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले सो सामाग्री प्रदान गरेका हुन् ।

जननायक विपी कोइरालाको १०५ औ जन्मजयन्तीको अवसरमा रसाईलीको संयोजनमा संस्कृत माविमा विज्ञान सामाग्री हस्तान्तरण गरिएको छ । बिद्यार्थीले प्रयोगात्मक रुपमा अध्ययन गर्न नपाईरहेको अवस्थामा सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा टेवा पुगोस भन्नको लागि सहयोग गरेको रसाईलीले बताए ।

जनप्रतिनिधि भएदेखि अहिले सम्मको तलव,भत्ता र बैठकबाट १ लाख ४ हजार ८ सय ४० रुपैय“ा प्राप्त भएको र त्यस मध्यवाट ८४ हजार ५४ रुपैय“ाको आफुले विज्ञान सामाग्री खरिद गरि बिद्यालयमा प्रदान गरेको उनले ईबागलुङलाई बताए । बा“की रकम स्वास्थ्यको क्षेत्रमा प्रदान गर्ने तयारी गरेको उनको भनाई थियो । जनप्रतिनिधि भएदेखि ५ बर्ष सम्म प्राप्त हुने तलव र भत्ता सम्पुर्ण शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उनको भनाई छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य एवं दलित सघंका पुर्व महामन्त्री प्रकाश रसाईलीले सामाजिक क्षेत्रमा लागेका युवाहरुले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु अत्यन्तै सान्दर्भक हुने बताए ।

उनले जनप्रतिनिधीहरुको चौतर्फी आलोचना मात्र आईरहेको अवस्थामा केही जनप्रतिनिधीहरुले राजनीतिलाई पेशा नभनी सेवाको भावनाले लाग्नु गर्भको कुरा भएको बताए । नेपाली काग्रेसबाट विजयी भएका जनप्रनिनिधिहरुबाट जनताको मन जित्ने काम अहिलेको अवस्थामा भएको उनको भनाई थियो । नेपालमा कम्युनिष्टहरुबाट विजय भएका जनप्रतिनिधिहरुले भनाई र गराईमा फरक काम गर्ने हुदा जनताले उनिहरुलाई मुल्याङ्कन गरिसकेको उनले बताए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, नेपाली काग्रेसका जिल्ला सचिव नवराज पौडेल, नेपाल बिद्यार्थी सघंका केन्द्रिय सहमहामन्त्रि हरिहर शर्मा,नेका जिल्ला सदस्य सीताराम रसाईली, नेविसघंका जिल्ला अध्यक्ष खडक थापा, नेपाल शिक्षक सघंका अध्यक्ष उमाकान्त पौडेल, नेपाल तरुण दलका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’,कर सेवा कार्यालयका प्रमुख सूर्य चापागाई, नेका क्षेत्रिय सदस्य बिष्णु आचार्य, नेका वडा सभापति एवं वडा सदस्य बमबहादुर क्षेत्री लगाएले मन्तव्य व्यक्त गरेका थिए ।

शैक्षिक सामाग्री पाएपछि यह“ा बिद्यार्थीहरुमा अध्ययनमा सहज हुने अपेक्षा गरिएको छ । हस्तान्तरण कार्यक्रम वडा सदस्य केन्द्र रसाईलीको अध्यक्षता, बिद्यार्थी ध्रुव सुबेदीको स्वागत र शिक्षक राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

स्मरणीयछ, यस अगाडि पनि रसाईलीले जनता बाल साक्षरता आधारभुत बिद्यालय जैमिनी–७ मा अध्ययन गर्ने बिद्यार्थीको लागि एक बर्ष सम्म पुग्ने गरि शैक्षिक सामाग्रीहरु प्रदान गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *