हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु , एक जनाको उद्दार !

काठमाडौं,२०७५ भदौ २३ । गोरखा सामागाउँबाट ६ जना यात्रु र १ जना पाईलट सहित काठमाडौंको लागि उडेको अल्टिच्युट एअरलाईन्सको हेलिकोप्टर नुवाकोट म्यागाङ गाउँपालिका-१ स्थित मैलुङ पाखाभिर जंगलमा शनिबार दुर्घटना भएको छ । दुर्घटनास्थलमा ५ पुरुषको शव फेला परेको छ भने १ महिला डोल्मा डिकी गम्भीर घाइते अबस्थामा भेटिएकोले उद्दार गरी उपचारको लागि धादिङतर्फ लैजाँदै गरिएको छ ।

हेलिकप्टरमा पाईलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखा चुमनुव्री गाउँपालिका-२ का ल्होआनी डोल्मा डिकी, गोरखा सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार थिए । शनिबार बिहान ६ः५७ मा उडेकोे हेलिकोप्टर केही बेरमा धादिङ र नुवाकोटको सीमा क्षेत्रमा आइपुगेपछि सम्पर्क बिहिन भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *