छोटो, मिठो, चिटिक्कको निजामती सेवा दिवस…. !

झरना कँडेल,बुर्तिवाङ, २०७५ भदौ २३ । बागलुङ जिल्लाको पश्चिम केन्द्र बुर्तिवाङ बजारमा पहिलो पटक मनाईएको निजामती सेवा दिवस अहिले चर्चामा छ ।

शुक्रबार विहान राष्ट्रसेवक कर्मचारीहरुको व्यापक सहभागितामा प्रभात फेरी, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका विरामीलाई फलफुल वितरण, बसपार्क सरसफाईका साथै ढोरपाटन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धनप्रसाद पोखरेलको छोटो मन्तव्य सहित सम्पन्न भएको निजामती सेवा दिवस छोटो, मीठो चिटिक्कको कार्यक्रम रहेकोले चर्चामा आएको बुर्तिवाङवासीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *