अखिल छैठौंद्वारा खड्गदेवि मा.वि. दगामा अतिरिक्त कार्यक्रम सम्पन्न !

भिमसेन वन, बागलुङ २०७५ भदौ २३ । राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल छैठौंले खड्गदेवि मा।वि। बडिगाड १ दगामा विविध अतिरिक्त कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि अखिल छैठौंका महासचिव भिमलाल पोखरेलले मन्तव्य राख्दै विद्यार्थी कोरा ज्ञानमा सिमित नभई देश र जनताको अवस्थाको बारेमा पनि जानकार हुनुपर्नेमा जोड दिए । उनदेअतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीको क्षमता र सृजनाशिलतमा बृद्धि ल्याउन संगठनले यस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

दुव्यशनी र अन्धविश्वास विरुद्ध पनि संगठनले जनचेतनाको कार्यक्रम सञ्चालन गरेको बताउँदै पोखरेलले अवको समाजको जिम्मेवारी विद्यार्थीको काधमा आएकाले आफ्नो आचरणमा सुधार ल्याउन विद्यार्थीलाई अनुरोध गरे । कार्यक्रममा वडा अध्यक्ष बोम बहादुर थापा, वडा सदस्य अनिल गिरी र विद्यालयका प्रधानाध्यापक वेदप्रसाद पोखरेलले शुभकामना दिएका थिए ।

कार्यक्रम हिरा बहादुर दर्लामीको अध्यक्षता, कर्ण बहादुर नेपालीको सञ्चालन र सृजना गिरीको स्वागत मन्तव्यबाट शुरु भएको थियो । माध्यमिक तहको बतित्वकला प्रतियोगितामा सागर बन प्रथम, विपना दर्लार्मी द्धितीय, सनम भुजेल तृतीय र लक्ष्मी थापा सान्त्वना भएका छन् । त्यस्तै आधारभुत तहको रेकर्ड डान्समा दशरथ सदनका अनिता वन र धनमाया थापा प्रथम, धर्म सदनका पुष्पा भुजेल र करिश्मा भुजेल द्धितीय, गंगा सदनका देवी राना र करुणा घर्ति तृतीय र सुक्र सदनका चन्द्रा दर्लामी र सागर दर्लामी सान्त्वना भएका थिए । यसैगरी प्रावि तहको हाजिरीजवाफ प्रतियोगितमा रेड हाउस ग्रुप प्रथम, ग्रिन हाउस ग्रुप द्धितीय र एल्लो हाउस ग्रुप तृतीय भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *