गल्कोट लमईमा दर खाने कार्यक्रम सम्पन्न !

मनिषा अधिकारी, गल्कोट २०७५ भदौ २३ । प्रगतिशिल काभ्रेचौर आमा समुह र नारी सञ्चार आत्मनिर्भर महिला केन्द्र गल्कोट नगरपालिका वडा नम्बर ३ तल्लो लमईमा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडाध्यक्ष बिरजङ भण्डारी, महिला जागरण केन्द्रका सचिव मिना चोखाल, वडा नम्बर ३ का नेपाल महिला संघका अध्यक्ष लक्ष्मी खड्का र क्याप्टेन लाल बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

नगर कार्यपालिका सदस्य रत्नकली अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम प्रगतिशिल काभ्रेचौर आमा समुहका अध्यक्ष पम्फा अधिकारीको अध्यक्षता, शोभा बस्नेतको स्वागत मन्तब्य र मनिषा अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा गाउका जेष्ठ महिला सत्कली बस्नेत, भद्रकली अधिकारी, टोपली अधिकारीलाई सम्मान गरिएको थियो । सो अवसरमा सामुहिक तीजगीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *