आजको तस्वीर : प्रशासकको प्रशंसा !

बागलुङ २०७५ भदौ २३ । बागलुङ जिल्ला सदरमुकाम, ढोरपाटन नगरपालिका बुर्तिवाङ, ताराखोला गाउपालिका लगायत विभिन्न स्थानहरुमा निजामती सेवा दिवस मनाइएको छ ।

शुक्रबार बागलुङ सदरमुकाममा सम्पन्न निजामती सेवा दिवसको मुख्य समारोहमा विविध कार्यक्रमका बीच बयोबृद्ध पूर्व निजामती कर्मचारीहरुलाई सम्मानित गरिएको थियो । निजामती सेवा दिवस मुल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा बयोबृद्ध पूर्व निजामती कर्मचारीहरुलाई सम्मान गरिएको समाचारले राष्ट्रसेवक कर्मचारीमा सुखद तरंग प्रवाह गराएको विश्वास गरिएको छ ।

यसैबीच, निजामती सेवा दिवस मुल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, पूर्व कर्मचारी सेवा परिषदका तर्फबाट बयोबृद्ध पूर्व निजामती कर्मचारी बुद्धिराज उपाध्यायको निवासमै पुगेर उनलाई सम्मानित गरेको तस्बीर फेसबुक मित्र पूर्व निजामती कर्मचारी महेन्द्र सिँह रायमाझीले आफ्नो फेसबुक वालमा पोष्ट गरेका छन् । उमेरले ८५ बसन्त पार गरेका बयोबृद्ध पूर्व निजामती कर्मचारी उपाध्यायलाई प्रशासक स्वयं आफ्नो घरमा आएर सम्मानित गर्दा कति सुखद अनुभूति मिलेको होला ?

यसै प्रशंगलाई लिएर अर्का फेसबुक मित्र कृष्णराज शर्माले आफ्नो फेसबुक वालमा प्रजिअ खरेलको प्रशंसा गर्दै यसरी टिप्पणी गरेका छन् –

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *