सिद्धेश्वर शिवालय सेवा समिति मल्मको नयाँ कार्यसमिति चयन

थम्मन थापा सन्देश गल्कोट २०७५ भदौ २३ । गल्कोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले मल्मको ऐतिहासिक धरोहर शिवालय मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने बताएका छन्। शुक्रावार सम्पन्न सिद्वेश्वर शिवालय सेवा समिति मल्मको प्रथम अधिवेशन तथा साधारण सभालाई सम्बोधन गर्दै झण्डै २०० वर्ष पुरानो ईतिहास बोकेको यस क्षेत्रकै पुरानो उक्त मन्दिरलाई वडाले धार्मिक पर्यटनको रुपमा विकास गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउन पहल कदमी अगाडि बढाउने वडाध्यक्ष थापाले बताए ।

अधिवेशनले ज्ञान बहादुर थापाको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खिम बहादुर खडका, सचिवमा चिरञ्जीवी मरासिनी, सहसचिवमा टोप बहादुर थापा र कोषाध्यक्षमा कोपिला खडका रहेका छन् । त्यस्तै समितिको सदस्यमा राज थापा, रामचन्द्र गौतम, घनश्याम थापा, झम बहादुर थापा, सुरेन्द्र चोखाल र पदेन सदस्य वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा रहेका छन्।

सो अवसरमा झम बहादुर खत्री, मन बहादुर दर्जी, सन्त बहादुर थापा, मिना खडका र दुर्गा बहादुर विक रहेको ५ सदस्यिय वैकल्पिक सदस्य चयन गरिएको छ । त्यस्तै दुर्गा बहादुर थापाको संयोजकत्वमा पछि थप्ने गरि ९ सदस्यिय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यहरुमा हरिदत्त गौतम, विष्णु प्रसाद गौतम, टिका बहादुर खडका, हिरा बहादुर थापा, तिल कुमारी थापा, चोप बहादुर थापा, कर्ण बहादुर थापा, दुर्गा बहादुर मल्ल र प्रेस सल्लाहकारमा थम्मन थापा सन्देश रहेका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रतिनिधि छुम बहादुर थापा, वडा सदस्य लोक बहादुर थापा र पुर्व उपाध्यक्ष खिम बहादुर खडकाले शुभकामना मन्तव्य दिएका थिए ।

सो अवसरमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । वार्षिक साधारण सभाको अवसरमा संस्थापक सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । अधिवेशन तदर्थ समितिका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, सहसचिव थम्मन थापा सन्देशको स्वागत र सचिव चिरञ्जिवी मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *