खरुवामा तीजी कार्यक्रम : नारी माथी हुने बिभेद्को अन्त्य गर्न नारी नै जागरुक हुनु आवश्यक : चालिसे

चन्द्रमणि न्योपाने, गल्कोट २०७५ भदौ २२ । नौलो बिहानी तथा आत्मनिर्भर आमा समुहको संयुक्त आयोजनामा गल्कोट नगरपालिका ४ खरुवामा सामुहिक तिज गित तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सामुदायिक सेवा केन्द्र गल्कोटकी अध्यक्ष मन्जु शर्मा चालिसेले महिलाहरुको महान चाड हरितालिका तीज बिशेष कार्यक्रम भड्किलो र धेरै खर्च गरेर नमनाइ नारी सचेतनाका कार्यक्रम गरेर मनाउनुपर्ने बताईन् । चालिसेले महिलामाथी हुने सबैखाले बिभेद्को अन्त्य गर्न स्वयम् नारी नै जागरुक हुनुपर्ने र नारीबाट नारीलाइ गरिने विभेद न्यूनीकरण गर्न जनप्रतिनिधिले विशेष पहल गर्नुपर्ने बताएकी थिईन् ।

कर्यक्रम्मा गल्कोट नगर कार्यपालिका सद्स्य शिव खत्री, वडा अध्यक्ष बलबहादुर खत्री, खरुवा माध्यमिक बिद्यालयका प्रधानध्यापक हेमराज गैरे लगायतले मन्तब्य राखेका थिए । कर्यक्रममा वडा नम्बर ४ स्तरिय महिला भाषण कला प्रतियोगिता सम्पन्न भएको थियो । जसमा नौलो बिहानी आमा समुहकी बाटुली भन्डारी प्रथम, हातेमालो आमा समुहकी बिष्णु सुवेदी दितिय र त्रिपुरेश्वर सिबालय आमा समुहकी हिरा भन्डारी तृतिय भएका छन । सोही अबसरमा आयोजकले टोलको प्रगतिशिल युबा क्लबलाई एक थान नेट र भलिबल प्रदान गरेको छ। त्यस्तै कार्यक्रम सफलता को लागि स्थानियले १ लाख ८० हजार बराबर सहयोग गरेका छन । कार्यक्रम रत्ना छेत्रीको अध्यक्षता, टीका छेत्रिको स्वागत र इश्वरि न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *