शिक्षा तथा साक्षरता दिवसमा सहभागी नहुन शिक्षकहरुलाई चार शिक्षक संगठनको उर्दी !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ भदौ २२ । ३९ औ शिक्षा दिवस तथा ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवसको औपचारिक कार्यक्रममा शिक्षकहरुलाई सहभागी नहुन गल्कोटका शिक्षक संगठनहरुले अपील गरेका छन । गल्कोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले भोलि शनिबार हटियामा आयोजना गरेको ३९ औ शिक्षा दिवस तथा ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवसको औपचारिक कार्यक्रममा सामुदायिक तथा संस्थागत बिद्यालयका शिक्षक तथा प्रध्यानाध्यापकलाई सहभागी नहुन ४ क्रियाशील शिक्षक संगठनका अध्यक्षहरुले सयुक्त बिज्ञति प्रकाशित गरि अनुरोध गरेका हुन ।

२०७५ साउन २४ गते शिक्षा मन्त्रीको अध्यक्षतामा बसेको मुल आयोजक समितिको बैठकमा नेपाल शिक्षक महासंघको ध्यानाकर्षणपछि बिगतमा रोकिएको भएपनि यसपटक उत्कृष्ट शिक्षक र शिक्षासेवीलाई पुरस्कृत र सम्मानित गर्ने काम गरिनेछ भनि स्वयं शिक्षा मन्त्रीले गनुभएको सार्वजनिक प्रतिबद्धता बिपरित नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले यो कार्यलाई स्थगित गरेकोले यस्तो कार्यक्रममा भाग लिनुको कुनै औचित्य र अर्थ नभएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन गल्कोटका अध्यक्ष राम बहादुर खत्री, नेपाल शिक्षक संघ गल्कोटका अध्यक्ष हरि चालिसे, एकिकृत अखिल नेपाल शिक्षक संगठन गल्कोटका अध्यक्ष चुडामणि सुवेदी र अखिल नेपाल शिक्षक संघ गल्कोटका अध्यक्ष पुस्कर सापकोटाले नेपाल शिक्षक महासंघको निर्देशन अनुसार सयुक्त रुपमा हस्ताक्षर गरि यस्तो अपिल गरेका हुन । नेपाल शिक्षक महासंघ र यस आवद्ध घटकहरुको उपस्थिति नरहने कुरा बिज्ञतिमा उल्लेख गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *