शिक्षा इकाई द्वारा आयोजित बक्तृत्वकला तथा र चित्रकला प्रतियोगिता सम्पन्न !

बागलुङ २०७५ भदौ २२ । ३९ औ शिक्षा दिवस तथा ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई बागलुङको आयोजनामा माबि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको प्रमुख आतिथ्यता, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कुस्मराज उपाध्यायको अध्यक्षतामा भएको सो प्रतियोगितामा १८ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा बानपा १४ नारायणस्थान स्थित गणेश माविका गणेश पौडेल प्रथम, न्यूलाईफ बोर्डिङ हरिचौरकी सिर्जना बोहोरा व्दितिय, जनजागृति मावि काँडेवासकी मनिषा खरेल तृतीय भएका छन् भने जनताधन मावि नारायणस्थानका दीपक अधिकारी सान्त्वना पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।

ईकाई कार्यालयमा आजै सम्पन्न आधारभूत विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा जनजागृति मावि काँडेवासका सुजित दर्जी प्रथम, विश्वकर्मा मावि मुलपानीका दिलिप बिक व्दितिय,प्रकाश मावि खुंगाका ज्ञानेन्द्र सिर्पाली तृतिय र सन्दिप सुनार बालबिकास आधारभूल विद्यालय बाटाकाचौर सान्त्वना भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *