बुर्तिवाङमा बिबिध कार्यक्रम गरी निजामती सेवा दिवस मनाईयो !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ भदौ २२ । बुर्तिवाङमा निजामती सेवा दिवस विविध कार्यक्रम गरी आज मनाईएको छ ।

निजामती सेवा दिवसका अवसरमा आज विहान बुर्तिवाङ बजारमा ढोरपाटन नगरपालिका अन्र्तगत रहेका निजामती कर्मचारीहरुको जुलुसले रहरले काम गरौँ हाँसेर सेवा गरौँ भन्ने मुल नारा सहित नगर परिक्रमा गरेको थियो ।

ढोरपाटन नगरपालिका हुँदै निस्किएको निजामती कर्मचारीहरुको जुलुस स्वामीबोट हुँदै बस पार्कमा आएर त्याहाँ रहेको फोहोर संकलन गरी नगरपालिकाको गाडीमा लगेर नष्ट गरिएको थियो ।

सो अवसरमा प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तिवाङमा रहेका विरामीहरुलाई ढोरपाटन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धनप्रसाद पोखरेलले फलफुल वितरण गरेका थिए ।

एकीकृत सेवा केन्द्रको कार्यालय प्रांगण एकत्रित राष्ट्रसेवक कर्मचारीहरुलाई सम्वोधन गर्दै पोखरेलले कर्मचारीबीच एकता आवश्यक रहेको बताउदै समय समयमा कर्मचारीहरु वीच अन्तरक्रिया, भेटघाट जरुरी रहेका बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *