बडीगाड- ५ को खौलार बजारमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न !

दिनेश शर्मा, बागलुङ (बडीगाड) २०७५ भदौ २२ । ट्राफिक प्रहरीले मध्यपहाडी लोकमार्गको बडीगाड क्षेत्रमा आफ्नो सक्रियता बढाएको छ। विभिन्न बिधालयहरु र दुर्घटना सम्भाबित क्षेत्रमा सचेतना कार्यक्रम सन्चालन गर्दै आएको ट्राफिक प्रहरिले बिहिबार मध्यपहाडी लोकमार्गको बडिगाड- ५ खौलार बजारमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

ट्राफिक हवल्दार वसन्त पौडेलको सक्रियतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यलय खारका प्रमुख लीलामणि भट्टराई बडिगाड ५ का वडा अध्यक्ष अर्जुन प्रसाद खरेल भानु मा बि का प्र अ केशब खरेल, विभिन्न सवारी साधनका चालक सहचालक र स्थानिय बासिको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा ट्राफिक हवल्दार वसन्त पौडेलले ट्राफिक नियमको बारेमा व्यापक जानकारी गराएका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *