बडीगाड-७ को ठुलो भ-याङ खण्डमा ९ दिन सम्म दिनको ९ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध हुने !

दिनेश शर्मा, बागलुङ (बडीगाड) २०७५ भदौ २२ । मध्य पहाडी लोकमार्गको गल्कोट बुर्तिवाङ खण्डको बडीगाड गाउपालिका वडा ७ को ठुलो भ-याङ स्थित सडक साँघुरो भएकोले त्यस्को स्तरोन्नतीका लागी भीर काटेर सडक चौडा गर्नु पर्ने भएकोले यहि भदौ २३ गते देखी ३१ गते मसान्त सम्म ९ दिन विहान ७ बजे देखी दिउँसो ४ बजे सम्म त्यस खण्डमा यातायातका साधनहरु सन्चालन नहुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार उक्त खण्डको स्तरोन्नती गर्ने ठेक्का लिएकोे ठेकदार कम्पनिबाट केहि समय यातायात बन्दगरी भीर काटेर सडक चौडा गर्नु पर्ने भएकोले मिति २०७५ भदौ २३ गते देखी उक्त स्थानमा विहान ७ बजे देखी दिउसो ४ बजे सम्म यातायात बन्दगरी निर्माण कार्य गर्नका लागि आवश्यक समन्वय गरी दिनुहुन भनी लेखि आएकोले भोलि भदौ २३ गते देखी ३१ गते मसान्त सम्म उल्लेखित समयमा सो खण्डमा यातायातका साधनहरु बन्द गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply