धौलागिरी बहुमुखी क्याम्पसमा बीबीए कार्यक्रम सन्चालन गर्न त्रिविविले दियो स्वीकृति !

बागलुङ २०७५ भदौ २१ । धौलागिरी बहुमुखी क्याम्पसमा बीबीए कार्यक्रम सन्चालन गर्न त्रिविबिले स्वीकृत प्रदान गरेको छ । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार त्रिबिबिबाट आजै स्वीकृत पत्र प्राप्त भएको हो ।

विद्यार्थीले आवेदन दिने म्याद भोलि भदौ २२ गते सम्म रहेको जानकारी दिँदै क्याम्पस प्रमुख उपाध्यायले आगाभी भदौ ३० गते बिहान ८ क्याम्पसमै प्रवेश परीक्षा सन्चालन हुने बताए ।

एक प्रश्नको उत्तरमा क्याम्पस प्रमुद उपाध्यायले मार्केटमा चलेको विषय भएकोले बीबीए कार्यक्रम सन्चालन हुुनु क्याम्पसको लागी उपलव्धी भएको बताए ।
स्मरणीय छ, बीबीए कार्यक्रमलाई गत भदौ १९ गते क्याम्पसमा बृहत छलफल भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *