राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न : संघीयताको कारण जनताले दुःख पाए – थापा

बागलुङ २०७५ भदौ २१ । राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका वडा नं। १३ को वडा भेला पैयुपाटामा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले संघीयताको कारण जनताले दुःख पाएको बताउनु भयो । कर बृद्धि र सरकारको बजार नियन्त्रण नीति फितलो भएका कारणले महंगी तीव्र गतिमा बृद्धि भएको बताउँदै संघीय व्यवस्था टिकाउनका लागि जनताले अनावश्यक कर सरकारलाई बुझाउन नसक्ने भएकाले संघीयता खारेजी हुनु पर्नेमा जोड दिए ।

आफ्नो पार्टीको जनजिविकाका लागि संघर्ष गरेको बताउँदै उनले राजनीतिक संरक्षणमा अराजकता बढेको आरोप लगाउदै देशका बलत्कार, हत्या तथा भ्रष्टचार बढेकाले अपराधिक कार्यलाई रोक्न सरकारसँग माग गरे ।

भेलामा बागलुङ नगर सभा सदस्य लोकनाथ शर्मा, राष्ट्रिय जनमोर्चा बागलुङ नगर अध्यक्ष तथा जिल्ला सदस्य थानेश्वर सुवेदी, नगर कोषाध्यक्ष आशा रोकाले शुभकामना मन्तव्य दिएका थिए। भेलाको अध्यक्षता भैर बहादुर रोका, सञ्चालन प्रेम रोका र स्वागत कृष्ण लामिछानेले गरेका थिए

भेलाले भैर बहादुर रोकाको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका १३ नं वडा समिति, पैयुपाटा गठन गरेको भिमसेन वनले ईबागलुङलाई जानकारी दिए । समितिको उपाध्यक्ष दन्तकली रोका, सचिव प्रेम बहादुर रोका, सहसचिव मिलन भट्ट, कोषाध्यक्ष निर्मला रोका, सदस्यहरु कमला क्षेत्री, ओमप्रकास पौडेल मकर, तोयानाथ रेग्मी, सु।तिलक बहादुर रोका, धनराज रिजाल, केदार पौडेल, तिलक बहादुर रोका, कृष्ण लामिछाने रहेका छन् ।

सो अवसरमा नेकपा र नेपाली काग्रेस परित्याग गरी मिलन भट्ट, हरी शर्मा भट्ट, ऋषिराम लामिछाने, सिता लामिछाने, सविता लामिछाने, अर्जुन जिसी, लक्ष्मी जिसी लगाएत राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष थापाले अविर र फूलमालाले स्वागत गर्दै पार्टीको सदस्यता वितरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *