निजामती सेवा दिवस : आज अन्तरक्रिया तथा जनप्रतिनिधी / कर्मचारी बीच फुटबल प्रतियोगिता सम्पन्न !

अर्जुन ढकाल, बागलुङ २०७५ भदौ २१ । नेपाल निजामती सेवा दिवसको दोश्रो दिन बिहीबार अफिसर्स क्लबका अध्यक्ष दीपक तिवारीको संयोजनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो भने दिउँसो बानपा १ बाँगेचौर खेलमैदानमा निजामती सेवा दिवस मुल समारोह समतिको आयोजनामा जनप्रतिनिधी र कर्मचारी बीच प्रतियोगितात्मक फुटबल प्रतियोगित सम्पन्न भएको छ ।

विहान जिल्ला समन्वय समितिको कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीको प्रमुख आथित्यतामा रहेको थियो ।

उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश भवानी प्रसाद पौडेल, नेपाल निजामती सेवा दिवस मुल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेले, प्रहरी उपरीक्षक दीपक रेग्मी लगायत कार्यालय प्रमुख एवं राष्ट्रसेव कर्मचारीहरुको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रममा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष तेजप्रसाद निउरे, पूर्व निजामती कर्मचारी परिषदका सभापति चिरन्जीवी श्रेष्ठ, लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा दुई विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । समसामयिक परिवर्तित कानून विषय कार्यपत्र जिल्ला सरकारी वकिल धर्मराज पौडेल र निजामती सेवाको ईतिहास बर्तमान अवस्था र कार्यविधी विषयमा कार्यपत्र लोकसेवा आयोग धौलागिरी अन्चल निर्देशक गणेश राज शर्माले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत कार्यपत्रहरुमाथी सहभागीहरुले आआफ्नो टिप्पणी प्रस्तुत गरेका थिए ।

आज दिउँसो बाँगेचौर खेल मैदानमा सम्पन्न जनप्रतिनिधी भर्सेस निजामती कर्मचारी वीच सम्पन्न फुटबल प्रतियोगितामा जनप्रतिनिधी टिमले बनाएको चार गोलका विरुद्ध १० गोल बनाई निजामती कर्मचारी टीमले बिजय हाँसिल गरेको छ । निजामती कर्मचारीबाट आठौ गोल निजामती सेवा दिवस मुल समारोहका अध्यक्ष एवं प्रजिअ खरेलले प्रहार गरेका थिए ।

जनप्रतिनिधी टिमको कप्तान जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषाल र निजामत कर्मचारी टिमको नेतृत्व प्रजिअ खरेलले गरेका थिए । खेल निकै हार्दिकतापूर्वक सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *