भिङगिठेको सिरखरी पाखोमा प्रहरीव्दारा बेबारिसे अवस्थामा ५ केजी चरेस बरामद !

दिनेश शर्मा बडीगाड २०७५ भदौ २१ । बडीगाड गाउपालिका ७ साबिक भिङगिठे गाविस- १ सिरखरी पाखोमा प्रहरीले करीब ५ केजी अवैध लागु औषध चरेस बरामद गरेको छ ।

आज दिउसो मध्यपहाडी लोकमार्ग देखी करीब ५ सय मिटर माथी स्थानीय रणाबहादुर बिकको कोदो बारीको काँल्नामा रहेको खन्यूको रुखको कापोमा बेबारिसे अवस्थामा एउटा झोला देखेपछी स्थानीयले ईलाका प्रहरी कार्यालय भिङगिठेमा खबर गरेका थिए । सूचना पाएको लगत्तै ईप्रकाका ईन्चार्ज प्रनानि भोजबहादुर बानियाँको नेतृत्वमा गएको टोलीले झोला खानतलासी गर्दा १० प्लास्टिकका प्याकमा करीब ५ केजी चरेस बरामद गरेको हो ।

बरामद गरिएको झोलामा चरेसका साथै एउटा झोला,ज्याकेट, प्लास्टिक सल, चुरोट, लाइटर र आधा बिस्कुट समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक मुचुल्का उठाई कार्बाही अगाडी बढाउने बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *