तीज कार्यक्रमबाट संकलित रकम बलात्कृत महिलाहरुको पुनस्र्थापनामा खर्च गरिने !

सानु घिमिरे, अस्टेलिया २०७५ भदौ २१ । दिदी(बहिनी समाज भिक्टोरियाले बिगत चार बर्षदेखि मेलबर्नमा आयोजना गरिदै आएको तीज बार्यक्रमबाट संकलित रकम नेपालको सुदूर पश्चिमका बलात्कृ त ४५ जना महिलालाई पुनर्स्थापनाको सम्पूर्ण खर्च त्यहाँको स्थानिय संस्थासँग सहकार्य गर्दै ब्यहोर्दै आइरहेको र हरेक बर्ष सहयोगको रकम बढाउन प्रयासरत छ ।

नेपालमा गत बर्ष १४८० बलात्कारका घटना भएका थिए जुन प्रतिदिन सरदर करीब ४ का दरले पर्न आउने देखिन्छ । बलात्कारका घटना बढीरहेकोले दिदी(बहिनी समाज भिक्टोरियाले मेलबर्नमा आयोजना गरिने अत्यधिक तीजको संख्या घटाउने र नेपालका बलात्कृटत महिलालाई पुनर्स्थापनाको लागि संकलित रकम बढाउने उद्देश्य अनुरुप संस्कृति जोगाऔं, आशा जगाऔं नाराका साथ पहिलो पटक नेपाली असोसियसन अफ भिक्टोरिया ९न्याभ० संग संयुक्त रुपमा आयोजना गरिएको तीजमा ६०० भन्दा बढीको उपस्थिति थियो ।

त्यस्तै जिलोङमा आयोजित तीज कार्यक्रममा संकलित रकम दिदी(बहिनी समाज भिक्टोरिया मार्फत नेपालका बलात्कृ त महिलालाई पुनर्स्थापनाको लागि सहयोग गर्न दिदी-बहिनी समाज भिक्टोरियालाई हस्तान्तरण गरिने भएको छ ।

लुम्बिनी(कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले यसरी कार्यक्रम आयोजना गर्नुको बहु आयामिक महत्व हुँदाहुँदै यसरी आयोजना गरिने कार्यक्रमबाट संकलित रकम सामाजिक काममा लगाउनुको अझै ठुलो महत्व हुने बताए ।

नेपाली पत्रकारिता जगतका भीष्मपितामहका रुपमा चिनिने स्व गिरिजा प्रशाद कोइरालाव्दारा समेत अभिनन्दित वरिष्ठ पत्रकार गोलप्रसाद थपलियाले तीज किन र कसरी मनाउन शुरु गरिएको भन्ने बारे प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेले तीजको शुभ(कामना मन्तब्य दिएका थिए ।

दिदी(बहिनी समाज भिक्टोरियाको तर्फबाट बर्षा केसी राजभण्डारीले नेपालमा बलात्कृति महिलालाई पुनर्स्थापनाको लागि गरिएका प्रयासहरुबारे प्रकाश पारेकी थिईन । मेलबर्नको कार्यक्रममा दिदी(बहिनी समाज भिक्टोरियाकी अध्यक्ष जमुना पराजुलीले स्वागत मन्तब्य दिएकी थिईन् ।

नाचगानका साथै बिभिन्न रमाइला खेलहरु खेलाइएको जिलोङको कार्यक्रमको सन्चालन ज्ञानेन्द्र उप्रेतीले गरेका थिए भने कार्यक्रमको लागि भेन्यु र खानपानको ब्यबस्था ओसनग्रोभको ब्लु माउण्टेन इन्डियन रेस्टुरेन्टले गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *