गल्कोट नगरपालिका – ६ नेपानेमा दर खाने कार्यक्रम सम्पन्न !

घनश्याम गौतम, गल्कोट २०७५ भदौ २१ । सशक्तिकरण आमा समुह गल्कोट नगरपालिका बडा नम्बर ६ ले दर खाने कार्यक्रम सम्पन्न गरेको छ । सशक्तिकरण आमा समुहको आयोजना र आदर्श समाज बिकास समाज मञ्चको ब्यबस्थापनमा नारीहरुको महान पर्ब हरितालीका तिज २०७५ को अबसर पारेर आज दर खाने कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको अवसरमा स्वर्गिय भिम बहादुर बस्नेतको सम्झना तथा चन्द्रकला बस्नेतको सम्माननार्थ छोरा बुहारी नगेन्द्र बस्नेत र सरिता बस्नेतले कार्यक्रम प्रायोजन सहयोग गर्नुभएको भन्दै चन्द्रकला बस्नेतलाई सम्मान गरिएको थियमे ।

कार्यक्रममा गल्कोट नगरपालिका वडा नम्बर ६ भित्रका सम्पुर्ण आमा समुहको अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, राजनैतिक दलका प्रतिनिधि, युवायुवती लगायतका स्थानियको सहभगीता रहेको थियो ।

सो अवसरमा आमा समुले तीज बिशेष सास्कृतिक प्रस्तुति राखेको समुहका अध्यक्ष लिला बुढाथोकीले ईबागलुलाई जानकारी दिईन् । समय समयमा भेटघाट हुने तथा दुख सुख आदान प्रदान गर्दा समाजमा एकता र सदभाव कायम गर्ने उदेश्यले दर खाने कार्यक्रमको आयोजना गरिएको सचिव शान्ति बस्नेतको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *