जापानबाट आयो एउटा दु:खद खबर : डिलाराम सापकोटा अब रहेनन् !

मेघराज रिष्मेली, जापान २०७५ भदौ २१ । बिगत लामो समय देखी जापानको ओशाका शहरमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका गल्कोट नगरपालिका ९ छिसका समाजसेवी डिलाराम सापकोटाको बुधवार साँझ उपचारको क्रममा ५० वर्षको अल्पायुमै निधन भएको छ । सपरिवार जापानमा बस्दै आएका सापकोटा एक वर्ष देखी कलेजो (लिभर) को रोगबाट पीडित थिए । उनले जापानमै उपचार गराईरहेका थिए ।

एनआरएन जापानका पूर्व सदस्य, गल्कोट समाज जापान क्षेत्रिय समिति कान्साईका संस्थापक अध्यक्ष एवं जनसम्पर्क समिति जापानका सदस्य सापकोटाको असामयिक निधनले सबैलाई मर्माहत तुल्याएको जापानमा बस्दै आएका गल्कोटबासीेहरुले बताएका छन् ।

पछिल्लो समय स्व सापकोटाको परिवार गल्कोट छिसबाट चितवन बसाईसराई गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *