सपनाको शहरमा रहरहरु टुटेका छन्

सपनाको शहरमा रहरहरु टुटेका छन्
साहारा दिन्छु भन्नेहरुलेनै लुटेका छन्
हजार सपनाहरुको माया लागेर आउछन्
सपना देखाउनेहरुनै दोबाटोमा छुटेका छन !
***
जीवनको यात्रामा कतै लडिन्छकी भन्ने डर लाग्छ
यातयातका साधन भन्दा आफ्नै खुट्टाको भर लाग्छ
सायद सम्भब हुने भए हिडेरै संसार घुम्थे होला
विश्व सांघुरो बनाउने यिनै साधन चढ्न कर लाग्छ !
***
तिमीले भन्ने शब्दका भेल याद आउछन
तिम्रा मिठा कुराहरु बाचुन्जेल याद आउछन्
कोही थिएनौ मेरो केही दिन अघिसम्म
पहिले खासै सम्झिन्नथे अचेल याद आउछन !

***
झलक काउचा
२०७५ भदौ २१ ।
बागलुङ, हाल दक्षिण कोरिया ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *