संगिन जीसीकाे हत्या प्रति सरकार गम्भीर, हत्यारा पत्ता लगाएरै छाड्ने गृहमन्त्री वादलकाे प्रतिबद्धता !

बिमल खड्का, काठमाडौ २०७५ भदौ २० । गृहमन्त्री राम बहादुर थापा वादलले बागलुङ ढोरपाटन नगरपालिका- १ वर्ष २२ वर्षीय संगिन जीसीको बिभत्स हत्याप्रति सरकार गम्भीर भएको बताएका छन् । उनले हत्याराको सुक्ष्म अध्ययन भईरहेको बताउँदै हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकार नागरिकको सुरक्षाका लागि खटेको भन्दै यस्तो घटनाहुनु अकल्पनीय भएको बताए । घटनाको सत्य तथ्यका बाहिर ल्याउन लागि आफुले सुरक्षाको सबै सयन्त्रलाई निर्देशन दिएको बताउँदै हत्याराको पत्ता लाग्नेमा विश्वस्त हुन परिवारलाई आग्रह गरे ।

बुधबार बागलुङका सांसद देवेन्द्र पौडेल, डा सुर्य पाठक, ज्ञानकुमारी छन्त्याल, मनकुमारी केसी, मृतकका बाबू निमबहादुर जीसी लगाएको टोलीसँगको भेटमा गृहमन्त्री बादलले देशको शान्ति शुव्यवस्था कायम गर्ने जिम्मेवारी गृहमन्त्रालयको भएको बताउँदै उनले नागरिकको शुरक्षाका लागि सधै सरकार कटिबद्ध भएको बताए ।

भेटमा बादलले यस्तो घटना निन्दनीय भएको भन्दै हत्यारालाई हदैसम्मको कारबाही हुने गरि उच्चस्तरीय छानबिन समिति समेत गठन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२२ वर्षीय जीसी बिगत ६ वर्ष देखि अध्ययनका लागि काठमाडौको कोटेश्वरमा बस्दै आएपनि बिगत ३ महिना अघि सानोभर्याङ हजुरबुबा हजुरआमा र भाइ सँग बस्दै आएका थिए । जीसी रक्षाबन्धनको दिन देखि बेपत्ता भएका थिए । उनको शव भदौ १७ गते स्वयम्भूको जंगलमा शरीर टुक्रा( टुक्रा पारिएको अवस्थामा भेटिएको थियो । अहिले शव त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । परिवारले हत्याराको पत्ता नलागेसम्म शव नबुझने अडान राख्दै आएका छन् ।
घ ब्ततबअजmभलतक

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *