भान्सा गाउलाई सफा राख्न भान्सा सेवा समाज जापानद्वारा डस्विन वितरण !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ भदौ २० । बागलुङ नगरपालिका ६ भान्सा गाउलाई सफा राख्ने उद्देश्यले भान्सा सेवा समाज जापानले फोहोर संकलन गर्ने डस्विन हस्तान्तरण गरेको छ । भान्सा सेवा समाज जापानको आर्थिक सहयोग तथा भान्सा सेवा समाज भान्साको संमन्वयमा डस्विन वितरण गरिएको हो ।

यस गाउका ६ टोललाई १२ बटा, सदाशिव प्रा.वि.लाई १ वटा र विश्वशान्ति सर्वसिद्धधाम पञ्चकोटलाई ३ वटा गरि जम्मा १६ थान डस्विन वितरण गरिएको भान्सा सेवा समाजका अध्यक्ष शालिकराम सापकोटाले ईबागलुङलाई बताए ।

गाउमा जथाभावी फोहोर फाल्नाले गाउ कुरुप तथा दुर्गन्धित बन्दै गएकाले यसलाई व्यवस्थापन गरी भान्सा गाउलाई सफा तथा सुन्दर वनाउने उद्देश्यले डस्विन वितरण गरिएको भान्सा सेवा समाज जापानले जनाएको छ ।

बानपा ६ का वडा अध्यक्ष खिमराज सापकोटा, भान्सा सेवा समाज जापानका प्रतिनिधि भिम प्रसाद सापकोटा र भान्सा सेवा समाज भान्साका अध्यक्ष शालिकराम सापकोटाले टोलका अध्यक्षहरुलाई ‘हाम्रो भान्सा राम्रो भान्सा’ लेखिएका डस्विन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वोल्दै वडा अध्यक्ष सापकोटाले कर्मभुमिवाट जन्मभुुमीलाई सभ्य तथा सुन्दर वनाउनको लागि डस्विन वितरण गर्नु सराहनीय कार्य भएको र भान्सा सेवा समाज जापानले लिएको उद्देश्यलाई सफल बनाउन हरेक नागरिकको दायित्व भएकाले यसको सहि सदुपयोग गर्नुपर्ने वताए ।

सेवा समाज भान्साका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष देविप्रसाद सापकोटा तथा संचालन नारायणदत्त सापकोटा ‘प्रकाश’ले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *