निजामती सेवा दिवसको अवसरमा सब बन डिभिजन परिसरमा बृक्षारोपण !

बागलुङ २०७५ भदौ २० । निजामती सेवा दिवसको अवसरमा आज सब डिभिजन बन कार्यालय बागलुङको परिसरमा विभिन्न प्रजातिका २५ विरुवाहरु रोपण गरिएको छ ।
निजामती सेवा दिवस मुल समारोह समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलेको प्रमुख अतिथ्यतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा कपुर, तेजपात, सीता अशोक जातका विरुवाहरु लगाईएको थियो ।

वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मी लगायत विभिन्न कार्यालय प्रमुखहरुको सहभागिता रहेको वन अधिकृत अच्यूत प्रसाद उपाध्यायले ईबागलुङलाई बताए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *