तम्घास–सिमलटारी सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु !

गुल्मी, २०७५ भदौ २० । गुल्मी रेसुङगा नगरपालिका-४ सेउगाराय ढुंगास्थित तम्घास–सिमलटारी सडकमा लु.४ त ९०१ नम्बरको ट्याक्टर बुधबार बिहान सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक छत्रकोट गाउँपालिका-४ गाउँटोल बस्ने १९ वर्षीय सन्जु बिकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सह–चालक १७ वर्षीय अशोक सुनार घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *