ताराखोला- ३ हिल काँक्राखोरमा यस्तो छ, शोक कार्यक्रमको तयारी !

मन्दिप निउरे, ताराखोला, २०७५ भदौ २० । ताराखोला गाउपालिका ३ काँक्राखोर स्थित प्रगतिशील युवा परिवारले यस वर्षको तीजी कार्यक्रम साधारणरुपमा मनाउने तयारी गरेको छ । यस वर्षको विगत ६ महिनामा गाउँमा डेढ दर्जन आफन्तहरुको निधन भएकाले यस वर्षको तीज कार्यक्रम साधारण तरिकाले मनाउने भएको परिवारले जनाएको छ । परिवारका अध्यक्ष कर्णबहादुर भण्डारीले विगत ६ महिना भित्र निधन भएका आफन्तहरुको फोटो सहितको व्यानर बनउने कार्य भैरहेको बताए ।

कायक्रममा प्रमुख अथीतीको रुपमा गण्डकी प्रदेशका सभासद दिपा रोका आउने कायक्रम रहेको छ भने ताराखोला गाउँपालीकाका अध्यक्ष प्रकाश घर्ती , उपाध्यक्ष दिल कुमारी पुन रोका लगायतका विशिष्ट अतिथीतीहरु आउने कायक्रम रहेको क्लबका उपाध्यक्ष मन्दिप निउरेले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *