२२ वर्षीय संगिन जीसीकाे हत्याराकाे खाेजी सरकारले छिटाे गराेस् : सांसद पाैडेल

बिमल खड्का, काठमाडौ २०७५ भदौ २० । नेपाल कमन्युिष्ठ पाटी (नेकपा) स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पाैडेले २२ वर्षीय संगिन जिसीकाे हत्याराकाे खाेजी छिटाे गरि कानुनी दायरामा ल्याउन सरकारकाे ध्यानाकर्षण गराएका छन् । बुधबार सुन्ने समयमा संसद भवनमा बाेल्दै पाैडेलले बागलुङ बुर्तिबाङका २२ वर्षीय जिसीकाे हत्या बीभत्स तरिकाले भएकाे भन्दै सरकारलाई सभामुख मार्फत जानकारी गराएका हुन ।

सरकारले विलम्ब नगरि हत्यराकाे खाेजी तथा अनुसन्धान गहिराइमा पुगेर गर्नुपर्ने बताउदै सत्य तथ्य बाहिर ल्याउन ढीलाई गर्न नहुने बताएका छन् ।

साेहि समयमा बाेल्दै सांसद पाैडेलले पुष्पलाल मध्य पहाडी लाेकमार्ग, सालझन्डी -ढाेरपाटन सडक निर्माण कालीगण्डकी काेरिडाेर लगाएका विकासका याेजना सरकारले चाडाे भन्दा चाडाे सम्पन्न गर्नुपर्ने बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *