बास्तविक गरिव परिवारले गरीब परिचय पत्र नपाएको नागरिकको गुनासो !

सुमन सुनार, बुर्तिबाङ २०७५ भदौ २० । ढोरपाटन नगरपालिका कार्यालयले हाल सम्म गरिवको सुचिमा परेका ५ सय ४३ जना नागरिकलाई गरिव घरपरिवार परिचयपत्र वितरण गरेको छ ।

नगरपालिका कार्यालयले गत असार २४ गते देखि गरिव घर परिवार परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको र करिव २ महिनाको अवधिमा उक्त संख्याका नागरिकलाई परिचयपत्र वितरण गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले जानकारी दिए ।

गरिव घरपरिवार पहिचान सर्वेक्षण, २०७० मा आधारित पीएमटी विधिद्धारा पहिचान भएकाहरुलाई परिचय पत्र वितरण सुरु गरेको नगरपालिकाले जनाएको छ । नगर स्तरका अति गरिव, मध्यम र समान्य गरिव घरपरिवारलाई परिचयपत्र वितरणका लागी नगरपालिकाले गत साउन ३० गतेबाट वडा तथा गाँउ, गाँउमा घुम्ती सविर नै सञ्चालन गरिरहेको प्रमुख प्रशासकिय अधिकृत पोखरेलले बताए ।

हालसम्म नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ का विभिन्न स्थानमा गरिव घरपरिवार परिचयपत्र वितरण सिविर सञ्चालन गरी परिचयपत्र वितरण गरिएको हो । अधिकृत पोखरेलका अुनुसार हालसम्म अति गरिवको सुचिमा परेका २ सय ७१ जना, मध्यम गरिवको सुचिमा परेका १ सय ४० जना र समान्य गरिवको सुचिमा परेका १ सय ३२ जना गरी कुल ५ सय ४३ जना नागरिकलाई परिचयपत्र वितरण गरिएकोे छ ।

परिचयपत्र वितरणका क्रममा निम्न वर्ग तथा गरिवका लागी वितरण गरिने भनिएको गरिव घरपरिवार परिचय पत्र बास्तवीक गरिवले नपाएको भन्दै ब्यापक जनगुनासो समेत आएको पोखरेलले बताए । जो आफैमा धनी र हरेक कुराले सम्पन्न छ, त्यस्ता ब्यक्तीहरु गरिवको सुचीमा परेको तर अति विपन्न तथा न्युन आयस्तर भएका परिवार सुचिमा नपरेको भन्दै नागरिकले गुनासो गरेका छन् । गरिब घर परिवार पहिचानका गर्ने क्रममा सर्वेक्षणमा खटाईएका कर्मचारीले हचुवाका भरमा बिवरण संकलन गर्दा र सम्बन्धित नागरिकले पनि सेवा सुविधा पाउने लालचाले आफ्नो बास्तविकता लुकाउँदा यस्तो समस्या देखिएको ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुनले बताईन् ।

ढोरपाटन नगरपालिकामा ५ हजार ७ सय १६ घरपरिवार रहेका छन् । जस अन्तर्गत ४ हजार ९ सय ६९ घरपरिवारमा गरिव घरपरिवारको सर्वेक्षण गरिएको थियो भने, १ हजार ५ सय ४३ घरपरिवार गरिबको सुचिमा परेका थिए । २०७० सालमा गरिएको उक्त सर्वेक्षण अनुसार नगरपालिकामा अति गरिव ७ सय २३, मध्यम गरिव ४ सय ५९ र समान्य गरिव ३ सय ६१ घरपरिवार रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *