आजको तस्वीर : निजामती सेवा दिवसमा सरसफाई !

शव्द/चित्र: अर्जुन ढकाल

बागलुङ २०७५ भदौ २० । निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक कर्मचारी, प्रहरीहरुको सहभागितामा आज विहान बागलुङ नगरपालिका १ खुँदुर्के (मालढुंगा) देखी प्रशिद्ध कालिका भगवती मन्दिर उक्लने बाटो सरसफाई गरिएको छ ।

निजामती सेवा दिवस मुल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको नेतृत्वमा राष्ट्रसेवक कर्मचारी एवं प्रहरीको संलग्नतामा सडक सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

सरसफाई कार्यक्रमको शुभारम्भ प्रमुख अतिथी प्रजिअ खरेलले निजामति सेवा दिवस मुलसमारोह समिति व्दारा ‘बागलुङ जिल्लामा पाल्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्दछौँ’लेखिएको होर्डिङ बोर्ड वाचन गरेर गरेका थिए ।

शुभारम्भ कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपेन्द्र रेग्मी तथा कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले मन्तव्य दिएका थिए । कार्यक्रमको सन्चालन खानेपानी तथा सरसफाई डिभिजनका प्रमुख शेखरचन्द्र केसीले गरेका थिए ।

गत भदौ १२ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रजिअ खरेलको अध्यक्षतामा बसेको बैठकले निजामती सेवा दिवस तीन दिवसीय कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरे अनुसार निजामती सेवा दिवसको पहिलो विहानीमा राष्ट्रसेवक कर्मचारी प्रहरीहरुको व्यापक सहभागितामा पवित्र कालीगण्डकी तट देखी प्रशिद्ध कालिका भगवती मन्दिर परिसर सम्मको पैदल बाटो सडक सरसफाई कार्यक्रमबाट समाजमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास गरिएको छ ।

निजााती सेवा दिवसको मुख्य कार्यक्रम भोलि भदौ २२ गते गरिने कार्यक्रम रहेको छ ।

यो पनि पढौं

आजको तस्वीर : देखियो कर्मचारीहरुको जाँगर ।

आजको तस्बीर : जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *