गुल्मीमा प्रशासनले सडक बालबालिका उठाएर अभिभावकलाई जिम्मा लगायो !

शँकर भुसाल गुल्मी २०७५ भदौ १९ । जिल्ला प्रशासन कार्यलय गुल्मीले सदरमुकाम तम्घासमा मागेर खाने, सडक बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यलयको सहयोगमा जिल्ला प्रशासन कार्यलयमा ल्याई अभिभावकलाई जिम्मा लगाएको छ ।

ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आईरहेका ती सडक बालबालिकाहरुका आमाबाबुले आफ्ना छोरा छोरीको ख्याल नगर्दा लामो समयदेखी बालबालिकाहरु सडकमा माग्दै हिँड्ने गरेका थिए । बिद्यालय जाने उमेरका ती बालबालिकाहरुलाई बाबु आमा बाटै बेवास्ता भएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यलय गुल्मीले बिपन्न परिवारका सडक बालबालिकाहरुलाई कपडा र केही खाध्यान्न दिएर पठाएको छ ।

आगामी दिनमा यसरी बालबालिकालाई बेवास्ता गरि सडकमा छाडिए कडा कारवार्ही गर्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले चेतावनी दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *