उत्तरगंगा बराहा मेलाको आयव्यय सार्वजनिक : मन्दिरमा उठेको भेटी र पूजा कर सार्वजनिक गर्न माग !

झरना कँडेल, ढोरपाटन (बागलुङ) २०७५ भदौ १९ । ढोरपाटन नगरपालिका ९ ढोरपाटन उत्तरगंगा स्थित ढोर बराह मन्दिरमा आयोजित उत्तरगंगा बराह मेला २०७५ को आयव्यय सार्वजनिक गरिएको छ ।

ढोरपाटन रिकभरी संस्थाले सार्वजनिक गरेको आय व्यय विवरणमा मेलामा कुल आम्दानी रु ५ लाख ४१ हजार ३ सय ५५ रहेको छ भने खर्चभर्फ रु ७ लाख ६४ हजार ३ सय १० रहेको छ । संस्थाले आम्दानी तर्फ उठन बाँकी रु ९८ हजार ५ सय बाँकी रहेको समेत उल्लेख गरेको छ ।

सार्वजनिक गरिएको आयव्यय अनुसार मेलामा आम्दानी भन्दा खर्च रु २ लाख २२ हजार ९ सय ५५ देखिएको छ । उठन बाँकी रु ९८ हजार ५ सय कटाउदा खुद घाटा रु १ लाख २४ हजार ४ सय ५५ देखिन्छ ।

संस्थाका अध्यक्ष श्याम घर्तीका अनुसार सार्वजनिक गरेको विवरण अनुसार आम्दानी तर्फ सहयोग स्वरुप उठेको रकम रु ४ लाख १२ हजार ५ सय ५, पाठा कर रु १२ हजार ३ सय ५०, होटेल कर रु ५१ हजार ५ सय, बिभिन्न खेलकूदको नामदर्ता रु ६५ हजार रहेको छ । आज सार्वजनिक गरिएको आयव्यय विवरणमा सहयोग उठन बाँकी रु ९८ हजार ५ सय देखाईएको छ ।

यसैगरी खर्च तर्फ मेला तयारी रु ८० हजार ६ सय ५०, स्वयंसेवक आयोजक खाना खर्च रु १ लाख ८५ हजार ६ सय ५०, पन्चेबाजा रु ३० हजार,प्रहरी सुरक्षा खर्च रु ६६ हजार ९ सय, कम मेडल आदि रु ५५ हजार ५ सय ६०, साउण्ड सिस्टम जेनरेटर व्यवस्थापन रु ५६ हजार ५ सय ५० र नगद पुरस्कार रु २ लाख ८९ हजार रहेको सार्वजनिक गरिएको छ ।

संस्थाले यस वर्षको मेलामा बिगतमा जस्तो कुनै अप्रिय घटना नभएको जनाउदै मन्दिरमा उठेको भेटी र पूजा करको हरहिसाव पनि सार्वजनिक गर्न माग गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *