बागलुङको तमानखोला गाँउपालिकामा ८ महिनामा उमेर नपुगेका १० जोडीको बिबाह बदर ।

छविलाल पाण्डे बुर्तिवाङ २०७५ भदौ १९ । तमानखोला गाँउपालिकाव्दारा हाल सम्म उमेर नपुगी बिबाह गरेका १० जोडीको बिबाह बदर गरेको छ । पछिल्लो पटक गत आईतबार उमेर नपुगी विवाह गर्ने एक नव जोडीको बिबाह बदर गरेको थियो । तमानखोला गाउँपालिकाले गत २०७४ साम माघ महिना देखी २० बर्ष उमेर नपुगी विवाह गर्ने केटा वा केटी जो भएपनी उनिहरुको विवाह बदर अभियानलाई तिव्रता दिएको गाउपालिका अध्यक्ष जोकलाल बुढाले ईबागलुङलाई बताए ।

गत माघ महिनादेखि हालसम्म १० वटा बालविवाह बदर भईसकेको छ गाँउपालिका अध्यक्ष बुढाले भने, गत साउन ८ गते भागी बाल विवाह गरेका तमानखोला गाँउपालिका वडा नँ १ पहिराका २३ बर्षिय याम प्रसाद रसाईली र निसीखोला गााउपालिका ४ बोहोरागाँउकि १७ बर्षिय बिस्ना (नाम परिवर्तनलाई ) विवाह भएको ३५ दिनपछि तमानखोला गाँउपालिका कार्यालयमा न्यायिक समितीले निजहरुलाई भेला गराई बिबाह बदर गराएको थियो ।

बाल बिबाह बदर गरेपछी केटा र केटी दुबैलाई अभिभाबकको जिम्मा लगाइने गरेको गाउँपालिका कार्यालयले जनाएको छ । कानूनत उमेर नपुगी बिबाह गर्ने ाकुनै पनि जोडीको बिबाह बदर गर्ने प्रचलन चलाएपछि तमानखोला गाँउपालिकामा ालविवाहको संख्या घट्दो छ । बालबिबाहलाई पुर्ण रुपमा निस्तेज गर्ने उद्देश्यले कडाईका साथ यो अभियानलाई तिव्रता दिईएको तमानखोला गाँउपालिका उपाध्उक्ष मानसरी शेरचनले ईबागलुङलाई बताईन् ।

स्मरणीय छ, बागलुङ जिल्लाको सुदूर पश्चिम बडीगाड गाउपालिकाका केहि वडाहरु, निसीखोला र तमानखोला गाउपालिका तथा ढोरपाटन नगरपालिकाका केहि वडाहरुमा हातहाली बिबाह, भागी बिबाह गर्ने प्रचलन रहि आएको छ । यी क्षेत्रहरुमा मागी विवाह गर्ने चलन छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply