तारखोला- ३ हिलमा नारी कल्याण समाजको दरखाने कार्यक्रम सम्पन्न !

मन्दिप निउरे, तारखोला २०७५ भदौ १९ । नारी कल्याण समाज ताराखोला गाउँपालिका वडा नम्बर ३ हिलले आयोजना गरेको दरखाने कायक्रम सप्पन्न भएको छ ।

उक्त दरखाने कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले महिलाहरुले यस्तो किसिमको कार्यक्रम राख्दा आफु निकै खुशी भएको बताउदै यसरी सबै दिदीबहिनी एकै ठाँउमा भेट हुन पाउदा सस्कृतिको जगेर्ना हुनुको साथै आत्मीयता बढने समेत बताए । उनले ताराखोला गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने कार्य अगाडि बढीरहेको हुनाले सबैले सहयोग गर्न आग्रह गर्दै महिलाहरुलाइ सिप मुलक काम गर्न बातावरण सिर्जना गर्नु पर्ने बताए ।

सो अवसरमा ताराखोला गाउँपालिकाका स्रोत व्यक्ति दिल्ली प्रसाद शर्मा पौडेलले नारीहरुसंग हातोमालो गरेर मात्रै देश बिकास गर्न सक्ने बताएका थिए ।

कार्यक्रम नारी कल्याण समाज वडा नम्बर ३ का अध्यक्ष पदम कुमारी गौचनको अध्यक्षता सस्थाका सदस्य कोपिला कंडेलको स्वागत मन्तव्य र सस्थाका कोषाध्यक्ष पुर्ना रोकाको मन्तव्य सचिव दुर्गा काकीको संचालकमा सप्पन्न भएको थि यो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *