तिन बर्ष देखि नातिनी वलात्कार गर्दै आएका म्याग्दीका ८० बर्षिय बृद्ध प्रहरी हिरासतमा

प्रेम सुनार, बुटवल २०७५ भदौं १९ । बाँकेको कोहलपुरमा १० बर्षको उमेर देखि लगातार तिन बर्ष सम्म आफ्नी १३ बर्षिया नातिनी वलात्कार गर्दै आएका म्याग्दी घर भएका ८० बर्षिय बृद्ध यति बेला प्रहरी कष्टडीमा परेका छन । यस सम्वन्धमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रेशमबहादुर सिंह संग सम्पर्क राख्दा उनले निज ८० बर्षिय बृद्धलाई १३ बर्षिया आफ्नै नातिनी बलात्कार गर्दै आएको अभियोगमा पक्राउ गरी अदालतमा म्याद थप समेत गरिएको छ ।

ती बालिकाले आफु हजुर बुवाबाट १० बर्षको उमेर देखि लगातार बलात्कारको शिकार बन्दै आए पनि कसै संग भनिस भने मारेर फाली दिन्छु भनेर डर देखाउँदै आए पछि कसैलाई भन्न नसकेको उनले आफ्ना दाजु संग बताएकी छन । जुन कुरा बाबु आमा र परिवारका अन्य सदस्यहरुलाई समेत जानकारी हुँदा समेत ढाकछोप गरिदै आएको थियो । जव उनका दाजुलाई थाह भयो तव यो कुरा बाहिर ल्यायो ।

निजलाई पक्राउ गरी कडा भन्दा कडा सजाएँको माग गर्दै त्यहाँका अधिकारकर्मी महिलाहरुले आन्दोलन चर्काए पछि प्रहरीले निज बृद्धलाई समातेर मुद्दा चलाएको थियो । नेपालगञ्चका पत्रकार शिव सुनार भन्छन–‘ सबैले चिनेजाने कै बृद्ध हुन । ती बालिका आफ्नै हजुर बुवाबाट बलात्कृत हुँदै आएको सुँईको पाए पछि निजलाई फाँसीको सजायको माग गर्दै यहाँका महिलाहरुले आन्दोलन गर्दै आएका छन ।

डिएसपी सिंहका अनुसार ती बालिकाका बाबु आमाको घर म्याग्दी हो । उनको मावली दाङ्ग हो । उनिहरु कोहलपुर बस्दै आई रहेका थिए । बाल्यपन देखि नै यौन हिंसामा परेकी ती बालिकाको शारीरिक विकास समेत हुन सकेको छैन । यसै प्रदेश ५ को बाँके र रुपन्देहीमा एक हप्ता अघि ६ बर्षिया दुई वालिका पनि बलात्कृत भएर आरोपीलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको छ । रुपन्देहीको एक बोर्डिङ्ग स्कुलका प्रिन्सिपलले आफैले पढाउने छात्रा संग यौनजन्य क्रियाक्लाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *