बुर्तिवाङका २२ वर्षिय युवकको शिरच्छेदन गरी हत्या !

बिमल खड्का, बुर्तिवाङ २०७५ भदौ १९ । बुर्तिवाङ घर भै हाल काठमाडौँ सानो भयाङ् हजुर बुवा आमा र भाई सँग बस्दै आएका २२ वर्षिय संगिन जीसीको शव काठमाडौको स्वयंभू जंगलमा टाउको चुँडिएको अवस्थामा भेटिएको महानगरिय प्रहरी परिसर टेकुले जनाएको छ । मृतक जीसी रक्षा बन्धनको दिन १२ गते दिउँसो २ बजे घुम्न भनि बाहिर निस्केपछि घरमा फर्किएका थिएनन् । अर्को दिन भदौ १३ गते पनि परिवारको सम्पर्कमा नआएपछि हजुरबुबाले महानगरीय प्रहरी बृत स्वयम्भूलाई खोजिदिन निवेदन दिएका थिए ।

भदौ १७ गते आईतबार दिउँसो ४ बजे साना केटाकेटीले स्वयंभूको जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरिय प्रहरी परिसर टेकुका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले परिवारले दिएको हुलियाको आधारमा जीसीको कपडा र चप्पलबाट शव पहिचान भएको बताए । प्रहरीका अनुसार स्वयम्भूकै जंगलको झाडी भित्र जिसीको शरीर र टाउको चुडिए र शरीर सडेको अवस्थामा भेटिएकोे छ ।

मृतकका बाबु निम बहादुर जीसीका अनुसार आफ्नो छोराको हत्या कुनै नियोजित तरिकाले भएकाल हत्यारालाई सरकारले कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन् ।

आइटी सम्बन्धीको साताँै सेमिस्टर न्यू सुमिट कलेज शान्तिनगरमा अध्ययन गर्दै आएका उनी यस पछिको अध्ययनका लागि विदेश जाने प्रकृयामा रहेका थिए । तर उनको पठाई सकिनै नपाउँदै त्यो सपना भने पुरा हुन सकेन । जीसीको शव अहिले त्रिभूवन शिक्षण अस्पतालमा महाराजगंजमा राखिएको छ । हत्यारा पत्ता नलागेसम्म परिवारले शव नबुझने बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *