गौरा पर्वमा नाँच्दा नाँच्दै ढलेर इहलीला समाप्त भयो देवी मरासिनीको !

प्रेम सुनार, गुल्मी २०७५ भदौं १९ । हिजो गौरा पर्व मनाउने क्रममा दिउँसो अवेर सम्म एकदमै भक्ती भजनमा लिन हुँदै श्रीकृष्ण भगवानलाई दुई हात जोड्दै रथ यात्रामा फुकेर नाच्दै थिईन उनी । त्यही नाच नै उनको जीवनको अन्तिम नाच र भक्ती भजन बन्न पुग्यो ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर ६, साविक अर्खलेको नेटाखर्कमा सदा झै यसपालीको श्रीकृष्ण जन्माष्टमीको दोश्रो दिन रथ यात्रा निकालिएको थियो । सवै जना निकै खुशी र उल्लासमा थिए । त्यो उल्लास क्षणभर मै रोदनमा परिणत भयो जव सोही वडा चेक्मी गाउँकी देवी मरासीनी नाच्दा नाच्दै दिउँसो करिव ४ बजेतिर एक्कासी भुँईमा ढलिन ।

चक्कर आएर होला भनेर उनलाई पानीले छ्याप्ने र पिलाउने गरे । तर उनको ठुलो प्राण पखेरु गई सकेको रहेछ । उपचारका लागि तम्घास अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भयो । ६१ ब्र्षिया मरासनीका श्रीमान जिवलाल मरासीनी ३ छोेरी र एक छोराका साथ यसपालीको तीज मनाउँने तयारीको जोरजाममा थिए ।

दुर्भाग्य ः सोचे जस्तो हुन्न जीवन… । त्यस रथयात्राका भक्तजनहरु तम्घासबाटै यति वेला मलामीका रुपमा परिणत भई अहिले विहान मरासीनीको अन्त्यिष्टिका लागि रिडी आई पुगेको उनका देवर कृष्ण प्रयासीले बताए । साउने सक्रान्ति यता गाउँमा भएका तिज गित भई रहेका थिए ।

ती तीज गीत कार्यक्रमहरुमा नछुटाई सहभागि हुँदै नाच्दै आई रहेको बेला हिजोको त्यो नाच नै अन्तिम रहेको र आँखा वरीपरी हिजो उहाँ नाँच्दै गरेको दृश्य घुमी रहेको उनका परिवारका अर्का सदस्य रामप्रसाद मरासीनी विलौना गर्छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *