गफै त हो गाईजात्राको …

एकले अर्कीको टाउँकोमा चार पाँच जना महिलाहरु लहरै बसेर जुम्रा मार्दै थिए । नारदले पछाडीको झाडीमा लुकेर उनिहरुको कुराकानीको स्वाद घुटुघुटु पिरहेको थियो । डोको र हँसिया एकातिर फालेका, लुगा पनि राम्ररी नसम्हालेका । बोली त झन लाजै मर्नु खालको थियो । उनिहरुको त्यो गाउँघरे भाषाको रंगिन गफमा नारद थुक निल्दै रमाउनु रमाई रहेको थियो ।

गाउँ घरको लवाजमा श्रीमानलाई लौनी ( लोग्ने ) भन्दा र’ैछन । जथाभावी त्यही लौनीको कुरा काट्दै थिए । हाम्राँको मुर्दार राती अबेर आउँछ । हिजो राती निदाएकी रहेछु , त्यही बेलाँ मुर्दारले निद ( निद्रा ) बिगार्न मोरो , भन्दै थिए । ए.. बाय, मेरो पनि त त्यही चाल हो केर, हुन्तो साईली ? भनेर कुरो थप्दै थिईन सुनले दाँत बाँनेकी अर्की महिलाले ।

फेरी अर्कीले अलि पर रहेको हँसिया तानेर भुँई क्वाक्दै भनिन–‘ हेर तो बाय, हामी आईमाईहेरुको जात पनि गत्तिलो छैन । हिजो दिउँसै लौनीको आँखा छलेर बुर्तिबाङ्गमा एउटी आईमाईले नाठो कोठामा ल्याएर राखी छ बाय, लौनीले ढोका थुनेर पुलिस बोलाए छ ।’

फेरी अर्कीले भनिन –‘लौनीहरु पनि त उस्तै हुन क’ेरे हुन्तो बाय ? ठुलै मान्छे हो रे तो मुर्दार पुनि , चुनाव जितेर वडाध्यक्ष भ’को मान्छे । घरमा उसको पनि स्वास्नी रहिछ । आईमाईलाई मात्र दोष दिने बिनास्वादै को ?’

अर्कीले थपिन्, ए मोरी सुनिनेस, पुलिस लएर नाठो र स्वास्नीलाई पक्राउने लौनीले दश लाख दिए फर्काउछु भन्छरे को अहिले त ।’ आडैमा टाँसिएर बसेकीले भनी, जे सुकै मरुन ….।

त्यस पछि एक छिन सवै मौन भए । सवैलाई हँसियाको खाँचो प¥यो । केहि बेर सबै मौन मौन हुँदै हँसियाले भुँई खन्न थाले । ठुल्ठुलै खाडल बनी सकेको थियो । त्यही बेलामा एउटीले पुरानो कुरा झिकिन र भनिन–‘सुन्तो मनेकी आमा, म त्यस्तै पन्द्र सोहै्र बर्षकी हुँदी हुँ, मेलाँ गएर फर्किदै थेँ । त्यही बेलाँ कञ्चटे माईलो आउँदै रहिछ उताबाट । मुर्दारले समात्यो । मलाई पनि कस्तो कस्तो लाग्यो र एउटा हातले उसलाई हुन्नहुन्न भन्दै घुचाँडे, अर्को हातले पछाडी भुँईका ढुङ्गा पन्छाएँ, बिजाउँ छ कि भनेर को हेर बाय । तो मुर्दार साईदुवा रै’छ हेर बाय, म¥या के¥याले भ्याएरै छाड्यो । हेर तो बाय अहिले भए त बलात्कारको मुद्दा हाल्न पाईने रहेछ नि , हुन्तो ? ’
फेरी अर्कीले पनि पुरानो मनको कुरा खोल्दै भनिन–‘ भनेर क्यार्नी हो र हेर बाय सानाँ पनि जाद्रैै उत्ताउली थे गाँठे । फुपु कहाँ ग’कि थ्याँ । खान खाईम र सुत्न गईम । देईले भनिन त्यही मुल ओछेनाँ भाई सित सुत । त्यहाँडी म त्यही आठ बर्षको भाई सित सुते ।

राती कस्तो कस्तो लागेर भाईलाई चलाएँ । म मुर्दार्नी’ले जे जे गर्न मन लाग्छ सवै गर्न मरेँ हेर बाय । भाई जागेर पुनि निदाए जस्तो गरी रह्यो । साँच्ची सुन्न बाय ,उसले पनि त वलात्कार गरिन भनेर मुद्दा हालेको भए मेरो के हालत हुँन्तो ? भन्तो ?

फेरी अर्किले त्यहाँ नभएकी एउटी महिलाको गुन्यो धुन (कुरा काट्न ) थालिन । भनिन–‘ ठुली हुन्छे फलानी जैरी, लौनी विदेशाँ छ भनेर । लौनीले दुख गरेर पैसो पठा’छ क’ेरे, कहि न’भाको स्कुटी चढेर हिड्छे । अँस्ती राती बार बजे तिर हाम्रा गोसाँ र म पिशाप फेर्न बाहिर निस्कीदा राती स्कुटीमा बोकेर आउँदै थिए पाल्तीरको ठुल्केटालाई ।

हाम्राँका जुठिया बाउले भन्दै थे, के देख्नु परो होला । कमसेकम उप्रियाटा (माथी) घरका मान्छेले देख्लान भन्ने लाज सरम हुन त पर्तो नि , हुन्तो कान्देही ? त्यस पछि उनिहरु घाँस काट्न थाले । भारी पुराएर पनि हिडे । नारद पनि हिड्यो । त्यसको दोश्रो दिन बजार तिर छाँट्टिएर हिडेका उनिहरुलाई नारदले पछ्यायो ।

गाउँमा त्यस्ता टिपिकल भाषा प्रयोग गर्ने उनिहरुले हे बाबै बजारमा पुग्दा त बोली भाषाको टोन नै फरक । बिच बिचमा ईङ्गिलस पनि मिसाएर बोल्दा रै’छन । हुन्तो ? भन्नेहरु हगी ? भन्दा रै’छन बजारमा । श्रीमानलाई त्यसरी कति बेला गोसाँ त कति बेला लौनी र हाम्राँका भन्नेहरु बजारमा पुगेपछि कसैले ड्याडी कसैले बाबा पो लगाउँदा रै’छन ।

उता आफ्ना बाबुलाई पनि बाबा यता छोरालाई पनि बाबा र श्रीमानलाई पनि बाबा । हेर्नु त ? तिन वटा बाबा मध्ये एउटा बाबालाई बोलाउँदा संगै भएको बेला तिनै जना बाबा मलाई हो कि भनेर बोल्ने भएकी भएनन ? घराँ बासी कोदा रोटो टोके पनि पुग्नेहरु बजारका होटलको मम चाउचाउ नभई नहुँदो रै’छ ।

ती मध्येका दुई वटीले त वियर पनि पिउँदा रै’छन । राती पिराउँदी हुँदै खोई कुन चाँही पुरुषलाई हो कुन्नी भुजा लिईस्यो ? कहिले आईसिन्छ ? कति माया गरिसिन्छ ? कति सम्झीस्न्छ ? यस्तै यस्तै दरवारिया भाषामा फोनमा गफ हान्दै थिए ।

अँस्ती गाई जात्राको दिन भएर होला हाँसो मजाक गरेको उनिहरुले । यस नारदको पनि त्यसै गाई जात्रे दिनमा लेखेको ब्याङ्ग हो, । त्यही रुपमा बुझी दिनु हुन आदरणीय पाठक महानुभावलाई अनुरोध सहित साधुवाद …

प्रस्तुति : प्रेम सुनार
गुल्मी
२०७५ भदौ १९ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *