शेयर सदस्यको सुख दुःखमा निलगिरी सहकारी संस्था !

बागलुङ २०७५ भदौ १८ । बागलुङ स्थित निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बानपा ११ मा सहयोग रकम प्रदान गरेको छ । सुख र दुःखमा सगसग“ै भन्ने अभियानका साथ संस्थाले सामाजिक सुरक्षा कोष अन्र्तगत शेयर सदस्य हिमबहादुर केसीका बाबा र तुलकुमारी बानिया क्षेत्रीका ससुरा खडकबहादुर केसीकोे निधन प्रति श्रद्धान्जली व्यक्त गर्दै राहत प्रदान गरेको छ । संस्थाका पदाधिकारीहरुको टोलीले बानपा ११ रायडा“डा स्थित रामतोलामा पुगेर नगद १० हजार रुपैय“ा प्रदान गर्नुका साथै शोक सभा गरेको छ ।

राहत रकम प्रदान गर्दै संस्थाका अध्यक्ष नारायण पौडेलले केसीको निधनले समाज र देशलाई नै एउटा असल नागरिक गुमाएको बताउदै यस शोकाकुल घडिमा शोक सन्तप्त परिवार प्रति धौर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना व्यक्त गरे ।

राहत हस्तान्तरण कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेपाली काग्रेसका पार्टी सभापति दिपेन्द्रबहादुर थापा, संस्थाका सदस्य एवं बानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले केसीको दुखद निधन प्रति गहिरो दुख व्यक्त गरेका थिए ।

श्रद्धान्जली सभामा संस्थाका सदस्य हायश्वर सुबेदी, शेयर सदस्य एवं नेका बानपा ११ का वडा सभापति थमबहादुर थापा, चिरन्जीवि केसी, ओमबहादुर केसी, बिमला केसी यामबहादुर थापाले केसीको निधन प्रतिले समाजमा अपुरणीय क्षेती पुगेको बताए ।

शोक सभा संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता र सचिव मिलन केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply