अर्घाखाँचीमा हत्या गरी बोरामा राखेर फलिएको शव फेला

प्रेम सुनार, अर्घाखाँची २०७५ भदौ १८ । अर्घाखाँचीको एक जंगलमा बोरामा राखेर फलिएको एक ब्यक्तिको शव फेला परेको छ । सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ को सल्लिकोट स्कुल नजिकै रहेको चिल्याथुम जंगलमा एक अपरिचित ब्यक्तिको हत्या गरी बोरामा हालेर फालेको शब फेला परेको हो ।

आज दिउँसो सल्लिकोट वासी, खर्यानमा घाँस काट्न गएका गाँउलेहरुले एक्कासी के गनायो, भन्दा त्यहाँ नजिक एउटा बोरो फालिएको र बोरामा हेर्दा अपरिचित ब्यक्तिको शव फेला परेको स्थानियको भनाई छ । बोरामा बाधेर हत्या गरेर फालेको अवस्थामा अन्दाजि ३० देखि ४० वर्ष उमेरको शब फेला पारे पछी स्थानिहरुले आइताबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

बेवारिसे अवस्थामा भेटिएको शबको टाउको नै घटना स्थलमा नहुदा मृतकको सनाखत हुन् सकेको छैन । शव सडेको अबस्थामा भएकोले पहिचान हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । अहिले शवलाई पहिचान र पोष्टमार्टमको लागि वार्ड अध्यक्ष नारायण खड्काको १५/२० जना युवाहरुको टिम र प्रहरीहरुको सहायतामा जिल्ला अस्पताल सन्धिखर्कमा लागिएको स्थानियबासीले जानकारी दिए ।

‘घाँटी र खु ट्टा बाँधेर कसे जस्तो देखिन्छ , अनुहार चिन्न नसक्ने अवस्था भएकोले पहिचान हुन सकेको छैन , अनुसन्धान सुरु गरिएको छ ’– अर्घाखाँचीका प्रहरी निरिक्षक खिम बहादुर घर्तिले भने–‘ पहिचानका लागि बिभिन्न प्रयासहरु भई रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *