तीज गीत हुन कि रतौली हुन चिन्नै छोडियो !

परम्परा सस्कृती झन लोप हुदैछन जहाँ नि
तीजको सस्कार बिग्रिएको सुन्नुस कहानी !
***
फेरिदै गो आज भोलि तीज मनाउने तरिका
बिकृतिले छोयो तीजलाई नाना थरिका !
***
तीजमा दर खाने चलन एक दिन हुन्थ्यो पहिले त
महिनौ अघि दर खानलाई थाले अहिले त !
***
बेदनाले भरिएका तीज गीत हुन्थे पहिलेका
हिन्दी इङ्लिस मिसियर आउछन् अहिलेका !
***
मौलिक हाम्रो तीजको सस्कार कता तिर मोडियो
तीज गीत हुन कि रतौली हुन चिन्नै छोडियो !
***
तीजको दरको महत्त्वलाइ कता तिर फालियो
दर खानलाई पार्टी प्यालेस धाउन थालियो !
***
तीजको दरमा के के खाने सबै कुरा बिर्सिन्छन
दर खानलाई गाका मान्छे आउदा घिर्सिन्छन् !
***
लाउनै छाडे रातो साडी घलेक गुन्यु चोली त
मिनि स्कट लाउन थाले आज भोलि त !
***
छोरी लिन जाने चलन गयो अब बिलाउदै
फोन मै निम्तो गर्न थाले कुरा मिलाउदै !
***
बचाउ तीजको सस्कार अब बिकृतिलाइ फालेर
गाउँ शहर चेतनाको दियो बालेर !!
*****

पूर्णभद्र निउरे,
ताराखोला, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *