श्रीकृष्ण जन्माष्टमीका अवसरमा ओम शान्तिबाट आध्यात्मिक प्रवचन !

बागलुङ २०७५ भदौ १८ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ब्रह्मकुमारी विश्वविद्यालय राजयोग केन्द्र बागलुङ तथा केन्द्रको बडीगाड गाउपालिका खारबजारमा विविध आध्यात्मिक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

हिँजो खार बजारमा आयोजित कार्यक्रममा आध्यात्मिक प्रवचनका साथै विशेष झाँकी सहितको जुलुसले खारबजार परिक्रमा गरेको थियो । कार्यक्रममा बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थी तथा स्थानीय समाजसेवी एवं श्रद्धालुहरुको सहभागिता रहकेको थियो ।

कार्यक्रममा ब्रह्मकुमारी सुनन्दा (खारकी सन्चालिका), ब्रह्मकुमारी लक्ष्मी (गल्कोटकी सन्चालिका) एवं ब्रह्मकुमारी मन्दिरा (बुर्तिवाङकी सन्चालिका)ले आध्यात्मिक प्रवचन दिएको ब्रह्मकुमारी स्मृतिले ईबागलुङलाई जानकारी दिईन् ।

यसैगरी ओमशान्ति बागलुङकी प्रमुख ब्रह्मकुमारी सावित्री दिदीको विशेष उपस्थितिमा कास्की नयाँ पुलमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा झाँकी सहितको जुलुसले बजार परिक्रमा गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *